कैलालीमा उम्मेदवार लक्षीत अाक्रमण सुरु

पवन मुडभरी/

कैलाली,मंसिर,१४-

कैलालीमा उम्मेदवार लक्षीत अाक्रमण सुरु भएको छ । गएरातीबाट वाम गठबन्धन बाट कैलाली निर्वाचन क्षेत्र २ का प्रदेश सभा उम्मेदवार   रतन थापाको गाडीमा आगजानी भएको छ ।

उँहाकै निवासमा राखीएको गाडीमा बिहान करिब ३ बजे आएको अज्ञात समुहले गाडीमा आगजनी गरेको जनाईएको छ ।

अहिले सम्म आगजनीको जिम्मा कसैले लिएको छैन । आगजनी गर्ने समुहको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।