साफ यु-१९ च्याम्पियनसिपको उपाधी भारतले जित्यौ

फाईल उपाधी ।।

टोकियो,जेठ,५-साफ यु-१९ च्याम्पियनसिपको फाइनलको उपाधी भारतले जितेको छ।भारतले पेनाल्टी सुटआउटमा बंगलादेशलाई हराउदै उपाधी जितेको हो।

फाईनल खेलको पहिलो हाफमा भारतले अग्रता लिएको थियो।खेलको पहिलो मीनेटमै भारतका क्याप्टेन समिले मध्य भागबाट फ्रि किक मार्फत उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

खेलको दोस्रो हाफमा जोएले बंगलादेशका लागि ६१ औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए।

निकै नै रोमाञ्चक रुपमा चलेको खेलमा दुवै पक्षबाट गोल गर्ने अवसर पाए पनि गोल गर्न भने सकेन।निर्धारित समयमा दुवै पक्षबाट गोल हुन नसके पछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।

भारतले पेनाल्टी सुटआउटमा बंगलादेशलाई ४-३ गोल अन्तरले हराउदै उपाधी जितेको हो। 

भारतका लागि दोस्रो नम्बरमा पेनाल्टी हान्न आएका रोहिनको बंगलादेशी किप्परले सहजै रोकिदिएका थिए।

चौथो र नम्बरमा आएका बंगलादेशका क्याप्टेन र गोल पोष्ट भन्दा बाहिर प्रहार गरेका थिए।लगत्तै पाचौं नम्बरमा आएका खेलाडीको प्रहार भारतका किप्परले रोकि दिएपछि उपाधी भारतले जितेको हो।

अन्तिममा भारतका लागि पेनाल्टी हान्न आएका क्याप्टेन समीले सहजै गोल गर्दै भारतलाई उपाधी जिताएका हुन्।