
टोकियो,जेठ,७-जापानको टोकियोमा आज बुधबार एक जना नेपालीको निधन भएको छ।
टोकियो स्थित ईकेबुकुरो नजिकै बस्ने सुदुरपश्चिम प्रदेश नं. ७ डोटी जिल्ला स्थित शिखर नगरपालीका ५ तिजाली घर भएका गणेश बहादुर एैरीले कोठामा एक्लै भएको बेला झुण्डीएर आत्महत्या गरेका हुन्।
विगत २ वर्ष अघि मात्र उच्च शिक्षा हासिल गर्नको लागि जापान आएका उनी भाषा विद्यालय अध्ययन गरिरहेका थिए।
घट्ना स्थल लगत्तै गैर आवासिय नेपाली संघ (एनआरएनए) कान्तोका कोषाध्यक्ष सोहन कुमार खत्री लगायत अन्य व्यक्ती पुगेर सोधपुछ गर्दा उनी संगै बस्ने साथीहरुका अनुसार संगै बस्ने कोठाको साथीहरु विद्यालय जादाँ उनी सुतिरहेको र कोठाका साथीहरु विद्यालयबाट फर्किदा कोठामा झुण्डिएको अवस्थामा फेला पारेको बताएका छन्।
तुरुन्तै प्रहरीलाई खबर गरेपनि उनको निधन भैईसकेको थियो।अहिले मृतकको शरिरलाई प्रहरीकोमा राखिएको छ,भने उनी संगै बस्ने कोठाका साथीहरु र आफन्तलाई मेजिरु स्टेशन नजिकै रहेको प्रहरी चौकिमा बोलाएर के कति कारणले घट्ना घटेको हो प्रहिरीले बुझी रहेको छ।
संगै बस्ने कोठाका साथीहरु र मृतक गणेश बहादुर एैरीको विद्यालय भने फरक फरक रहेको उनका साथीहरुले बताएका छन्।
हामीले त्यहाँ पुगेका मृतकका नाता पर्ने आफन्त भिनाजुलाई के कति कारणले सुसाईड गर्न पुगेको हो केहि थाहा पाउनु भएको थियो भनेर सोध्दा आफूलाई कुनै पनि त्यस्तो जानकारी थाहा नभएको र सालाले कुनै पनि समस्या छ भनेर आफूहरुलाई नभनेको बताउनुभयो।
उनले के कति कारणले आत्महत्या गरे भन्ने बारेमा अहिले जापान प्रहरीले खोजिनीती गरिराखेको हुनाले विस्तृत विवरण आउन बाकि रहेको छ॥
स्मरण रहोस् : २ दिन अघि मात्र जापानको ओशाका शहरमा टीकापुर बैदी बस्ने बर्ष २४ को नबिना बोहराले पनि एक्लै भएको बेला को्ठामै झुन्डिऍर आत्महत्या गरेका थिए।
बाँकि थप समाचार अपडेट हुँदै ॥