बायर्न म्युनिख संग फोर्चुना डसेलडर्फ ५-० को फराकिलो अन्तरले पराजित

काठमाण्डौं,जेठ,१८-जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार रातिको खेलमा बायर्न म्युनिखले फोर्चुना डसेलडर्फलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

फाईल : तस्विर

जितसँगै बायर्नले एक खेल कम खेल्दै दोश्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डसँगको दुरीलाई १० अंकमा पुर्याएको छ । बायर्नको २९ खेलमा ६७ अंक रहेको छ भने डर्टमन्डको २८ खेलमा ५७ । बायर्नको जीतमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने माथियास जोर्गेनसेन, बेन्जामिन पाभार्ड र अल्फोन्सो डेभिसले समान १–१ गोल गरे ।

खेल सुरु भएको १५ औं मिनेटमा जोर्गेनसेनको गोलमा बायर्नले गोलको खाता खोल्यो । त्यसको १४ मिनेट पछि पाभार्डको गोलमा बायर्नको अग्रता दोब्बर भएको थियो । पहिलो हाफको खेल सकिन दुई मिनेट अगाडी लेवान्डोस्कीले गोल गरे पछि पहिलो हाफमा बयार्नले ३–० ले अघि बढ्यो ।

पहिलो हाफ देखि नै हाबी रहेको बायर्नका लागि लेवान्डोस्कीले दोश्रो हाफको ५० औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गरेका थिए । बायर्न त्यतिमै रोकिएन । लेवान्डोस्कीले गोल गरेको दुई मिनेट पनि बित्न नपाउँदै डेभिसले पाचौं गोल थपेका थिए ।

अन्य खेलहरुमा एन्ट्राच्ट फ्रांकफर्टले उल्फ्सबर्गलाई २–१ ले हरायो भने होफेन्हाइमले माइन्ज र वर्डर ब्रेमेनले साल्केमाथि समान १–० को जित रचेका थिए । हर्था बर्लिनले अस्बर्गलाई २–० ले पराजित गर्यो ।वईस्पोर्टस