सामाजिक सदभाव कायम गर्न शिक्षकहरुको एकताबद्ध

बाँके,जेष्ठ,२४-

नेपालगन्ज उपमहानगरपालिका स्थित विभिन्न बिद्यालयका सामाजिक शिक्षकहरुले सामाजिक सदभाव कायम गर्न एकताबद्ध भई लाग्ने प्रतिबद्धता गरेका छन् । युएनडिपीको सहयोगमा बास नेपालगन्जद्धारा संचालीत सामाजिक सदभाव तथा सामुदायिक सुरक्षा सदृढीकरण परियोजना अन्तरगत आज सम्पन्न सामाजिक सदभाव समिति गठन कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता गरेका हुन ।

समाजमा सामाजिक सदभाव कायम गर्न शिक्षकहरुकोे भुमिका महत्वपूर्ण हुने उद्धेश्यका साथ बासले नगर भित्रका बिद्यालयका सामाजिक शिक्षकहरुको सहभागितामा सदभावका बिषयमा अभिमुखिकरण तथा समिति गठन गरेको हो । कार्यक्रममा सञ्चालीत परियोजनाको बारेमा जानकारी तथा सामाजिक सदभावका विभिन्न बिषयमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेका थिए ।

बासका उपनिर्देशक हेमराज भट्टले संचालन गरेको कार्यक्रमबाट सामाजिक शिक्षक नोखी राम लामिछानेको संयोजकत्वमा ७ सदस्सिय सामाजिक सदभाव समिति गठन गरेको छ । समितिको सह संयोजकमा दिपाली शाक्य चयन भएकी छिन् भने सदस्यहरुमा क्रमशः निर्मला केसी, सुस्मिता शर्मा, कृपाराम बर्मा, शैलेन्द्र नाथ सापकोटालाई चयन गरेको छ भने समितिको सदस्य सचिबमा पवन गौतम चयन भएका छन् ।

कार्यक्रममा बोल्दै सहभागि शिक्षकहरुले बिद्यालयका अतिरिक्त क्रियाकलापमा सामाजिक सदभावको बिषयलाई प्राथमिकता दिने प्रतिबद्धता गरेका छन् । सहभागिहरुले सामाजिक सदभावको अभियानलाई सशक्त रुपमा अगाडी बढाउने धारणा राखे । बासका ५ नं. प्रदेश संयोजक खुमेस सुबेदीले स्वागत गरेको कार्यक्रमको समापन नब गठित सामाजिक सदभाव समितिका संयोजक नोखीराम लामिछानेले गरेका थिए ।