“प्ररदेशीको पिर व्याथा” बोलको गित सार्वजनीक

काठमाण्डौं,कार्तीक,१४-
पछिल्लो समय धेरै नेपाली कलाकारहरुले माया प्रेममा मात्र आधारित गित बजारमा ल्याउने गरेको थुप्रै पाईन्छ । तर यस्तै नेपाली लोकगितको क्षेत्रमा लाग्नु भएका शैलेन्द्रले भने विल्कुलै प्रदेशीको दु:ख दायी कष्टपुर्ण जिवनमा घटेका घटनालाई समेटर प्रदेशीको मन छुने “प्रदेशीको पिर व्याथा” बोलको नयाँ गित बजारमा ल्याउनु भएको छ ।

उक्त नयाँ गितमा प्रदेशमा गएर नेपाली दाजुभाईले पाएका दर्दनाक पिडाहरुको भाव समेटिएका छन् । आखिर किन पाए त दु:ख, सुख शान्तीका लागी धेरै कमाउला भनी सोच बोकेर जानेहरु धेरै छन् । यस्ता सोच बोकेर हरेक दिन हजारौंको संख्यामा विदेश पलाएन भईरहेका छन् । यस्ता मध्य हजारौंमा एकात जनाले मात्र भाग्यले सु:ख पाएका होलान् तर बाकी सबैले दु:ख नै पाईरहेका हुन्छन् ।

( यो गितको भिडीयो पनी हेरेरे साथ दिनुहोला ) 

सबैको सोच राम्रो कमाउला राम्रै संग रमाउला सोचेरै विदिशिएका हुन्छन् । जुन सोचेर उनीहरु विदेश गएका हुन्छन् त्यो प्राय कदापी कसैको सोच पुरा भएको पाईएको छैन् । कतीपय त यस्ता कुरा सोच्दा सोच्दै आफ्नो लक्ष्यपुरा नगरि विभिद् कारणले बाकसमा प्याक भएर नेपाल फर्किनेको संख्या पनी दिनप्रतिदिन सरदर ६,७ जना ल्याईएको पाईन्छ ।

त्यसैले होला सायद कलाकार शैलेन्द्रले विदेशबाट दु:ख पाएका पिडितहरुको व्यथा बुझेर नै पिडादायी भावनामा समेटी सबै सामु “प्रदेशीको पिर व्याथा” बोलको गितको भिडीयो बनाउनु भएको छ ।यो गितमा स्वर शैलेन्द्र भण्डारी सलु र गायिका कबिता परियार तथा नवबालगायक गणेश बिकको रहेको छ भने लय कबिता परियारको रहेको छ ।

जस गितको मोडलमा गायक शैलेन्द्र भण्डारी सलु र सीता थापा क्षेत्रीको रहेको छ भने गितको प्रर्दामा मनिराम तिवारी र आइताराम भण्डारी पनी साईड देखिएको उक्त गितको निर्देशन निरज थापा र क्यामेरा मा पनी निरज थापा नै रहेका छन् । जुन गितको भिडीयो कर्मभुमी एभि ले तयार पारेको हो भने यस गितको बजार व्यवस्थापन चाँहि टि टाईम कम्पनीले गरेको हो ।यो गितको भिडीयो हेरे सबैले साथ दिनुहोला । यो गितले सबै स्रोताको मन जित्न सफल होस् बिहानी अनलाईन डटकमको तर्फबाट सम्पुर्ण कलाकार टिमलाई शुभकामना छ ।