नेपालगन्जमा मानव बेचबिखन सम्बन्धी २ दिने गोष्ठि सुरु

राम सुनाम/

बाँके,पुष,१५-

साथी सँस्थाको आयोजनामा आज शनिबारदेखि नेपालगन्जमा मानव बेचबिखनको अबस्था बारे २ दिने गोष्ठि सुरु भएको छ ।

मानव वेचविखन नियन्त्रण जिल्ला समितिले चारबर्ष अगाडी तयार पारेको पञ्च बर्षीय योजनाको प्रगतिबारे समिक्षा गर्नु गोष्ठिको मुख्य उद्देश्य रहेको कार्यक्रम संयोजक कमला पन्तले जानकारी दिनुभयो ।

गोष्ठि समितिका संयोजक समेत रहनुभएका बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीको अध्यक्षतामा सुरु भएको हो ।

पञ्च बर्षीय योजनाको समयअवधि सकिन एक बर्षमात्रै बाँकी रहदा मानव वेचविखनलाई नियन्त्रण गर्न हालसम्म भएका प्रगति र अव गर्न बाँकी कामको बारेमा समेत उक्त समिक्षा गोष्ठिमा योजना बनाइने छ ।

योअवधिमा मानव वेचविखनको अवस्थामा बदलिएको स्वरुपलाई समेत केलाएर योजना बनाइने केसीले वताउनुभयो ।