मदन शाही ठकुरीको पहिलो लोकदोहोरी गित “फुल्दा फुल्दै” बजारमा

काठमाण्डौं,पुष,१४-

नेपाली लोकसंगीतमा दिन प्रती दिन नयाँ अनुहार बोक्दै नयाँ प्रतीभावान कलाकारहरुले आफु भित्र भएका प्रस्तुतीहरुलाई उजागड गर्दै धमाधम लोक संगितको क्षेत्रमा प्रवेश गरिरहेका छन् । 

यसरी प्रवेश गर्नेहरुको लर्को हेर्दा पछिल्लो समय युवाहरुको बढी जमात देखिन्छ । कतीले लोकसंगितलाई मन पराएर लागेका हुन्छन्, भने कती रहरले लागी रहेका हुन्छन् । कुरा के हो भने यो क्षेत्रमा कसले बढी टिक्न सक्छ भन्ने नै हो ।

आज फेरी नयाँ कलाकारको लोकसंगितमा आगमन भएको छ । उनी हुन्, प्युठान जिल्ला एरावती गाउँ पालिका ४ का मदन शाही ठकुरी उनले आफ्नै शब्द संकलनमा पहिलो लोकदोहोरी गित “फुल्दा फुल्दै” बजारमा ल्याई पुर्याएका छन् । 

जुन गितमा पुर्णकला बि.सी र निमराज बिबसले स्वर दिएका छन् ।निमराज बुढाथोकीको लय रहेको यो गितको म्यूजीक भिडीयोको निर्देशन होम धितालको रहेको छ,भने एरेन्ज विशाल निरौलाको उक्त गितमा अभिनय मदन शाही ठकुरी, राधीका लामीछाने, निम्बल बुढाठोकिको रहेको छ ।

यो गितको बजार व्यबस्थापन भने धिताल फिल्मस् प्रा.ली ले गरेको छ । यो गितबाट राम्रो प्रतीकृयाको अपेक्षा गरिएको ठकुरी जानकारी दिएका छन् ।

(भिडीयो पनी हेर्नुहोस् )