पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ निर्वाचीत

इलाम,मंसिर,२४-

नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र नं. २ बाट निर्वाचीत हुनुभएको छ ।

नेम्बाङ ३६ हजार ५१४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६० मत ल्याउनु भएको थियो ।