आपसमा बस ठोकिदा दुईको मृत्यु

इन्द्र कार्की
/ महेन्द्रनगर, ०१, कार्तिक       सात नं.प्रदेशका सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग सडक खण्ड अन्र्तगत डोटीको जोरायल गाउँपालिका १ घोरणीमा उग्रतारा यातायात र महाकाली यातायातको बस मंगलवार मध्याहन आपसमा ठोकिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । वसमा सवार यात्रुहरु मध्ये १५ जनाको अवस्था गम्भीर रहेको वताइन्छ । मृत्यु हुनेमा बैतडी देहिमाण्डौ कि ८० बर्षिय द्र्रोपदी भण्डारी र परशुराम नगरपालिका ७ साँदनीका १४ वर्षिय विक्रम बोहरा रहेको घण्टेश्वर प्रहरी चौकीले जनाएको छ । दुई वटै बसमा सवार एक एक जनाको मृत्यु भएको हो । बोहरा उग्रताराको बसमा सवार थिए भने भण्डारी महाकालीको बसमा सवार थिए । डडेल्धुरा सदरमुकाम वाट जोगबुढा जादै गरेको उग्रतारा यातायातको ना ४ ख ६८५६ र भीमदत्तनगरबाट बैतडी जादै गरेको ना ५ ख ६०८१ नम्वरको बस मंगलवार मध्याह्न आपसमा ठोकिदा दुर्घटना भएको हो । दुर्घटनामा परेका गम्भीर घाइतेलाई धनगढी र वाकीलाई डडेल्धुरा पठाइएको वताइन्छ । दुवै गाडी तिव्र गतिमा गुडिरहेका कारण मोडमा नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको वताइएको छ । दुर्घटना पछि केहि समय राजमार्ग अवरुद्ध बनेको थियो । दुर्घटनाको उद्धार पछि डोजरको सहायताले बस हटाएर राजमार्ग पुनःसञ्चालन गरेको प्रहरी जनाएको छ ।