स्टेज क्विन भुमिकाको अर्को गित बजारमा

जति गित त्यती फिट अनि हिट

रोशन घर्ति
दाङ,मंसिर,२७-
स्टेज क्विन भुमिका गिरी थोरै गित बजारमा सार्वजनिक गराएर गितलाई हिट गराउने गायीका हुन । स्टेजको कार्यक्रममा नि कै व्यस्त रहने उनको अर्को गित बजारमा सार्वजनिक भएको छ ।

नेपाली लोक दोहोरी क्षेत्रका लागि एउटा चम्किला ताराको रुपमा चिनिने गायक रामजी खाँँड र पछिल्लो पुस्ताकी बहुचर्चित गायिका भूमिका गिरीको लोकदोहोरी गीत “सरर आउँ माया”बजारमा सार्वजनिक भएको छ ।

सिपि मगरको उत्कृष्ट शब्द र चर्चित गायक रामजी खाडको उत्कृष्ट लय सृजनामा बजारमा आएको गीतमा अभिनय चर्चित मोडल दुर्गेश थापा रश्मि तामाङ र बिपेश घिमिरेको रहेको छ।

क्रान्ती केसीको निर्देशन र सम्पादनमा तयार भिडियोको छायांकन भने अजय रेग्मीले गरेका हुन् ।

सफलताको शुभकामना