मनाङेलाई पक्रिन रेडकर्नर नोटिस जारी

१ सय ९२ देशका प्रहरीले खोजी गर्ने

काठमाण्डौँ,चैत,४-

प्रहरीले प्रदेश नम्बर ४ को मनाङबाट प्रदेशसभा सदस्यमा निर्वा्चित ’फरार माननीय’ राजीव गुरुङ उर्फ दीपक मनाङेलाई खोजी गर्न रेडकर्नर नोटिस जारी गरेको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले केही दिनअघि मनाङेको नाममा नोटिस जारी गरेको प्रहरी प्रवक्ता मनोज न्याैपाने जानकारी दिनुभयो ।

प्रदेश सांसद् मनाङे फौजदारी मुद्दामा दोषी ठहर भएको तथ्य बाहिर आएसँगै फरार रहेका छन् । उनले आफू निर्वाचित भएपछि शपथ पनि लिएका छैनन् । मनाङेलाई अब इन्टरपोलमा १ सय ९२ देशका प्रहरीले खोजी गर्नेछन् । फरार रहेका मनाङे भारतमा लुकेर बसेको प्रहरीले दाबी गरिरहेको छ ।नेपालबाणीबाट