कबड्डी–४’का लागी टोकियोमा हाउसफुल,धेरै दर्शक टिकट नपाएर फर्किए

बैशाख,जेठ,२२-नेपाली कथानाक चलचित्र कबड्डी कबड्डीले जपानको राजधानी टोकियोमा हाउसफुल गरेको छ ।

नेपालमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको ‘ले कबड्डी–४’पहिलो दिनमा सर्वाधिक व्यापार गर्ने नेपाली सिनेमाको रेकर्ड बनाएको थियो । नेपालमा जस्तै जपानमा पनि यो फिल्मले रेकर्ड तोडेका छन् । 

जपानको राजधानी टोकियोमा पनि कबड्डी ४ को लागी हाउसफुल भएका छन् । टोकियोमा धेरै भन्दा  धेरै दर्शक हाउसफुलका कारण टिकट नपाएर फर्किन बाध्य परेका छ । 

करिब तीन करोड लगानीमा बनेको फिल्मले सार्वजनिक प्रदर्शनअघि नै विदेश र डिजिटल अधिकार बिक्रीबाट लगानी सुनिश्चित गरेको थियो । कबड्डी–४ नेपाली सिनेमा इतिहासमै एकैदिन सर्वाधिक व्यापार गर्ने फिल्म बनेको वितरक मनोज राठीको दाबी छ । उनका अनुसार यो फिल्म उपत्यका र उपत्यकाबाहिर गरी क्युएफएक्सका सबै सो र अन्य हलमा पनि प्रदर्शन भइरहेको छ ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारीलगायत कलाकारको अभिनय छ ।