भेरी प्राविधिक शिक्षालयको आयोजनामा नि:शुल्क व्युटिसीयन तालिम सञ्चालन

नेपालगन्ज ,बैशाख, २४-


प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद् अन्तर्गत भेरी प्राविधिक शिक्षालय नेपालगन्जको आयोजनामा अाज(मंगलबार) देखि लेवल एकको ३ सय ९० घण्टाको असिस्टेन्ट व्युटिसीयन (सौर्न्दर्यकर्मी) तालिम नेपालगन्जमा सञ्चालन भएको छ ।

नेपालगन्जको वडा नं ४ सेतु बि-क- चोक न्युरोडमा मा रहेको  गुड न्यु अाई टि-सी- ट्रेनिङ एण्ड व्युटिसीयन तालिममा उक्त तालिम सञ्चालन हुन लागेको हो ।

अाज एक कार्यक्रम गरी भेरी प्राविधिक शिक्षालयका प्रमुख अच्युत राज दाहालको प्रमुख अातिथ्यमा, नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष शफिक बेहनाको बिशिस्ट अतिथि , लगायतका अतिथिहरुको उपस्थितिमा उक्त तालिमको सुरुआत गरिएको हो ।

बाँके जिल्लामा तालिम सञ्चालनका रुपमा चिनएको गुड न्यु अाई टि-सी- ट्रेनिङ सेन्टर एण्ड ब्युटीपार्लर सेन्टरले थुप्रै संघसंस्थाहरु संग सहकार्य गरेर तालिम सञ्चालन गर्ने, साथै सौन्दर्य बन्न अाउनुहुने ग्राहकलाई समेतसम्पूर्ण सेवा दिदै अाईरहेको उक्त सेन्टर कि सञ्चालिका गिता भण्डारीले बताउनुभयो ।

अहिले सेन्टरमा चारवटा तालिमहरु सञ्चालनमा रहेको उहाँले बताउनुभयो । हाल लेभल २ को व्यवसायी तथा सीप विकास तालिम केन्द्र नेपालगन्जको अायोजनामा, घरेलु तथा साना उद्योगको अाय‍ोजनामा लेभल १ कै र सशुल्क तिरेर अाफै सिक्न अाएका गरी चार वटा ग्रुपले तालिम सिकिरहेको र सिक्ने तालिम शिक्षिका गिता भण्डारीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै भेरी प्राविधिक शिक्षालयका प्रमुख अच्युत राज दाहालले अाफुले सिकेका सीप व्यवहारमा लागु गर्नुपर्ने भनि तालिममा सहभागीलाई अनुरोध गर्नुभयो । त्यसैगरी वडा अध्यक्ष शफिक बेहनाले नि:शुल्क तालिम हो भनि केयरलेस नगरीकन नियमित अाई सिक्नु पर्नेमा ज‍ोड दिनुभएको थियोे ।

उक्त तालिममा सहभागी शाहीना वानो दर्जी, मन्जु अधिकारी र कल्पना धमलाले यसरी सिकेको सीपलाई व्यवहारमा उतार्ने हर सम्भव कोशिश गर्ने र बेरोजगार महिलाहरुलाई यसरी तालिम सञ्चालन गरेकोमा प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद् अन्तर्गतको भेरी प्राविधिक शिक्षालय नेपालगन्ज , नेपालगन्ज उपमहानगरपालिका , वडा कार्यालय र तालिम सञ्चालन गर्ने ट्रेनिङ सेन्टरलाई धन्यवाद दिएका थिए ।

काठमाण्डौं लगायत देशका थुप्रै ठाउमा तालिम दिनु भएकी शिक्षिका भण्डारीले फरक फरक समुदायका बेरोजगार महिला दिदीबहिनीहरुलाई तालिम दिदा छुट्टै अानन्द अाएको र अाफुले सिकेको सीप अरुलाई बाड्न पाउँदा खुसी भएको बताउनुभयो ।

उक्त ब्युटिसीयन तथा तालिम सेन्टर दुई जना सञ्चालिका सुधा गिरी र गिता भण्डारीले सञ्चालन गर्दै अाउनु भएको छ । अहिलेको तालिममा २० जनाका ग्रुप रहेको छ । उक्त ट्रेनिङ सेन्टरमा बेसिक, डिप्लोमा , एडभान्स , स्पेशल ट्रेनिङहरु सिकाईनुका साथै पार्लर सम्वन्धी सम्पूर्ण काम गर्ने प्रशिक्षक भण्डारीले बताउनुभयो ।