दुई नम्बर प्रदेशमा २१ स्थानीय तह थप गर्ने सरकारको निर्णय :स्थानीय तह ७४४ पुग्यो

काठमाडौं, फागुन २३-
सरकारले दुई नम्बर प्रदेशमा २१ स्थानीय तह थप गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले काठमाडौंमा दुई थप्ने र दुई नम्बर प्रदेशमा २१ थप गर्ने निर्णय गरेको हो।

योसँगै अब स्थानीय तहको संख्या ७४४ पुगेको छ। यसअघि बालानन्द पौडेल संयोजकत्वको आयोगले ७१९ स्थानीय तहको सिफारिस गरेको थियो।

तर, मधेशी मोर्चा मनाउन भन्दै स्थानीय विकासमन्त्री हितराज पाण्डे संयोजकत्वको कार्यदलले स्थानीय तहको संख्या थप गर्ने निर्णय गरेको हो। काठमाडौंमा भने शंखरापुर र दक्षिणकाली नगरपालिका बनाइएको छ।

यस्तै मनाङ र बझाङमा एकरएक स्थानीय तह थप भएको छ भने नुवाकोटमा प्राविधिक समितिको सिफारिस र खोटाङमा आयोगको सिफारिसलाई मान्यता दिने निर्णय भएको छ।