शिरीष श्रेष्ठ र बिक्रम वर्माले अर्को जन्म पंक्षी बनी जन्मिन्छु भनेपछि

नेपालगन्ज,बैशाख,१५-


चर्चित तथा अभिनयमा छुट्टै पहिचान बनाउन सफल शिरीष श्रेष्ठ र बिक्रम बर्माले अर्को जन्म पंक्षी बनेर जन्मिने बताएका छन् ।

लामो समयदेखि अभिनय क्षेत्रमा संघर्ष गर्दै आएका द्वेय श्रेष्ठ र बर्माले यो जन्म बेकार भएको भन्दै अर्को जन्म पंक्षी जस्तै बनेर जिउने बताएका हुन् । यसरी पंक्षीको कुरा गर्दै गर्दा उनिहरुको यथार्थ नभई भरखर मात्र बजारमा आएको लोकदोहोरी एल्बम अर्को जन्म पंक्षी बनी लिउला को हो ।

ज्वाला प्रोडक्सन नेपालको प्रस्तुतीमा बहुचर्चित गायिका देवी घर्ती र खगेन्द्र बि.कको सुमधुर स्वर, चर्चित लोकदोहोरी सर्जक किरणबावु पुनको लयरशब्द रहेको  एल्बम पंक्षी बनी लिउला शुक्रबार हाइलाइट नेपालबाट बजारमा आएको छ ।

मानवको जन्ममा प्रेम जोडीलाई चुनौती, समस्या, बाधा, अड्चन धेरै हुने भएकाले पंक्षीको रुपमा खुल्ला आकाशमा रमाउन सकिने कथा समेटेको लोकदोहोरीमा निकै मिठो शब्द रहेको र निकै राम्रो गित बनेको गायक खगेन्द्र बि. कको भनाई छ ।

ज्वाला प्रोडक्सन नेपालको उत्पादन, गुञ्जन फिल्मस् एण्ड एड्भरटाईजिंको छाँयाकन सम्पादन रहेको गितको म्यूजिक भिडियोमा शिरीष श्रेष्ठ, निर्मला स्वर्णकार, बिक्रम बर्मा र गिता कटुवालको अभिनय रहेको छ । राजेश कुमाल र गोविन्द बिश्वकर्माले निर्देशन गरेको म्यूजिक भिडियोको कोरियोग्राफ मिलन खड्काले गरेका छन् । मोफसलमा पनि प्राविधिक कुराको अनुपल्धताका बावजुत पनि म्यूजिक भिडियोको काम राम्रो भएको निर्देशक कुमालले बताएका छन् ।

कर्णाली प्रदेशको पहिचान झल्काउने लोक झ्याउरे, देउडा, टप्पा लगायतका लोकसंस्कृती र पर्यटन प्रबर्धनमा प्रदेश सरकारले कदम चलाएमा अबश्य पनि सहजता आउने भन्दै निर्देशक कुमालले सुर्खेतबाटै भिडियो सम्बन्धि राम्रो र गुणस्तरीय उत्पादनका लागाी आफ्नो पहल रहने बताए ।