बाँकेमा २६ दल दर्ता ( नामावली सहित )

बाँके,फल्गुन,१९-
नेपाल सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३१ गते तोकेसंगै बाँकेमा २६ वटा दल दर्ता भएका छन् । सरकारले निर्वाचनको मिती घोषणा गरेसंगै निर्वाचन आयोगले दल दर्ताका लागि दिएको अन्तिम समय सकिदा सम्म बाँकेमा २६ वटा दल दर्ता भएको हो ।

बाँके जिल्लामा दर्ता भएका दलहरुको नामावलीहरु

१. नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रीक पार्टी
२. संघीय समाजवादी फोरम नेपाल
३. ने.क.पा. (मास्र्कवादी)
४. राष्ट्रिय जनमुक्ति पार्टी
५. नेपाल परिवार दल
६. नेपाल कम्युनिष्ट पार्टी ((माक्र्सवादी लेलिनवादी)
७. राष्ट्रिय जनमुक्ति पाटी (लोकतान्त्रिक )नेपाल
८. नेपाल कम्यूनिष्ट पार्टी (एमाले)
९. राष्ट्रिय प्रजातन्त्र पार्टी
१०. नेपाली काग्रेस
११. लोक दल
१२. राष्ट्रिय जनमोर्चा
१३. मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक )
१४. तराई मधेश सद्भावना पार्टी नेपाल
१५. राष्ट्रवादी पार्टी
१६. नेपाल मजदूर किसान पार्टी
१७. नेपाली जनता दल
१८. नेपाल सद्भावना पार्टी
१९. नयाँ शक्ति पार्टी नेपाल
२०. नेपाल जनता दल
२१. नेकपा माओवादी केन्द्र
२२. नेपाल दलित पार्टी
२३. राष्ट्रिय त्रिमुल बहुजन समाजवादी पार्टी
२४. युनाईटेड ग्रीन अर्गनाइजेशन
२५. मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)
२६. नेपाल कम्युनिष्ट पार्टी (माले जनसमाजवादी )

यी दलहरुले आगामी २०७४ साल बैशाख ३१ गते हुने स्थानीय निकायको चुनावमा सहभागिता जनाउने छन् । क्षेत्रीय निर्वाचन कार्यालय बाँकेका सूचना अधिकारी काशीलाल अधिकारीका अनुसार बाँकेमा अनुमानीत असोज मसान्तसम्ममा २,४३,३०५ जना मतदाता रहेको र यसमा थपघट हुन सक्ने जानकारी दिनुभएको छ ।

उहाँका अनुसार कात्तीक १ गते देखि फागुन ९ गते सम्मको अन्तीम मतदाता नामावली प्रक्रियामा भएकोले अन्तिम मतदाताको संख्या अझै आउन बाँकि रहेको र त्यसैलाई नै अन्तीम रुप दिने बताउनुभयो । बाँकेमा ४ वटा निर्वाचन क्षेत्र रहेको छ ।

जसमा २०७० सालको चुनावमा १३४ मतदान स्थल राखिएको थीयो । अब हुने बैशाख ३१ को चुनावमा भने मतदान केन्द्र थपघट हुनसक्ने र राज्य पुर्नसंरचनाले पठाएको प्राप्त प्रतीवेदनलाई नै आधार मानी अन्तीम रुप दिन बाँकि रहेको सूचना अधिकारीले जानकारी दिनुभयो ।