नेपालगंज नगरलाई सरसफाई र फुटपाथ र पशु व्यवस्थापन प्राथमिकतामा जोड

मधुपौडेल
बाँके,फागुन १८-नेपालगञ्ज उपमहानगरपालिकाले सरसफाई अभियान, फुटपाथ र पशु  व्यवस्थापनलाई प्राथमिकता राखेर कार्यक्रम र अभियान   बढाउँदैछ । पछिल्लो चरणमा गरिएका केही कार्यक्रम, योजना र विकासका काम आ ज पत्रकारमाझ प्रस्तुत  गर्दै उपमहानगरपालिकाका कार्यकारी अधिकृत गिरिराज ज्ञवालीले नगरलाई खुला दिसामुक्त बनाउने अभियानलाई सशक्त रुपमा अघि बढाइएको जनाउनु भयो ।

सु व भई स्थानीय विकास अधिकारीका रुपमा पाचथर जानु भन्दा  पहिले  उहाँ  पत्रकार माझ प्र्रस्तुत हुनु भएको हो ।  अहिलेसम्म १४ वटा वडा खुला दिसामुक्त वडा घोषणा गरिसकिएको  र बाँकी पनि चाँडै घोषणा गरिने कार्यकारी अधिकृत ज्ञवालीले बताउनु भयो । पुरानो पेश्की वेरुजू ८५ लाख मध्ये ४० लाख फर्छयौट गरिएको जनाउँदै उहाँले  विभीन्न योजनामा प्राविधिक अभाव हटाउन परामर्शदाता नियुक्तिबाट सहज व्यवस्था गरिएको   दावी  गर्नु  भयो ।
नेपालगंज नगरलाई सरसफाई र फुटपाथ र पशु  व्यवस्थापन प्राथमिकतामा जोड
नेपालगंज नगरलाई सरसफाई र फुटपाथ र पशु व्यवस्थापनमा प्राथमिकतामा जोड अधुरो सडक, ढल÷नालाहरुको पुर्वाधार विकासका लागि एशियाली विकास वैंकबाट क्षेत्रीय शहरी विकास परियोजनामार्फत एक अरव ७१करोड प्राप्त हुने निश्चित भएकोे समेत उहाँले जनाउनु भयो  ।

परियोजनामार्फत पुनः ३६ कीमी ढल÷ नाला निर्माण गरिदै छ । सडक खाली गर्न कठिन हुदै आएको सदरलाइन९चारवाहीनी–त्रीवेणीमोड० क्षेत्र पनि अब केही महिनाभित्रै निर्माण र विस्तार गरिन लागिएको उपमहानगरपालिकाले जनाएको छ ।  ज्ञवालीका अनुसार स्थानीय घरधनी÷व्यवसायी स्वस्फुर्त संगठित भएर आफनो घर÷संरचना भत्काउन शूरु गरिसकेका छन् ।