पुष्पलता जनएकता बहुमुखीमा सिंगो कार्य समितिमा सबै महिला चयन

लमजुङ,फागुन ,१८-लमजुङको मध्यनेपाल नगरपालिका–११ दुईपिप्लेमा रहेको पुष्पलता जनएकता बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सिंगो कार्य समितिमा सबै महिला चयन भएका छन् ।

क्याम्पसको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) की संगीता भुजेल, उप–सभापतिमा नेविसंघकी बिना श्रेष्ठ, सचिवमा अनेरास्ववियुकी निशा कुमाल, सह–सचिवमा अनेरास्ववियुकै बिनिता श्रेष्ठ, कोषाध्यक्षमा नेविसंघकी सञ्जु कँडेल क्षेत्री चयन भएका छन् ।

यस्तै सदस्यमा निशा थापा मगर, सुष्मा श्रेष्ठ, आरती श्रेष्ठ, सिर्जना श्रेष्ठ, निशा श्रेष्ठ र रोशनी कुमाल सवर्सम्मत चयन भएको स्थानीय शिक्षक अजित थापाले जानकारी दिनुभयो ।