प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत

काठमाडौं,साउन,३-प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउनुभएको छ।प्रधानमन्त्रीको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत परेको छ ।

प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन राख्नुभएको प्रस्तावमा भएको मतदानमा प्रधानमन्त्री देउवाका पक्षमा सभाको बहुमतले विश्वासको मत दिएको हो ।

२४९ जना सांसद उपस्थित भएकामा एक जनाले भने दिन्न भन्ने पक्षमा मत दिएको सभामुख अग्नि सापकोटाले घोषणा गर्नुभयो ।

संसद भवन नयाँबानेश्वरमा आइतबार बसेको पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो दिनको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन प्रस्ताव राख्नुभएको थियो ।

प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीका दुबै घटक र जनमोर्चाका सांसदले मत दिएका हुन् ।