ओखलढुंगाको मोलिमा खुकुरी प्रहार,दुई जना घाईते

सिर्जना बर्देवा/ 
ओखलढुंगा,पौष,१८-
ओखलढुंगाको मानेभञ्ज्याग गाउपालिका १ मोलिमा खुकुरी प्रहार बाट दुई व्यक्ति घाईते भएका छन् । स्थानीय टेक ब. बस्नेतको खुकुरी प्रहार बाट चक्र बहादुर बस्नेत र श्रीमती सिता बस्नेत घाईते भएका हुन् ।

आफसी बिवादका कारण खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । घाईतेलाई ओखलढुंगा सामुदायीक अस्पतालमा उपचार नभए पछि हेलिकप्टर मार्फत काठमान्डौ लगिएको प्रहरीले जनाएको छ ।