हाईसको ठक्करबाट एक चितुवाको मृत्यु

बाँके,पुस,१८-

बाँकेको राप्तीसोनारी गाउँपालिका –१ चप्परगौडी नजिक गाडीको ठक्करबाट एक चितुवाको मृत्यु भएको छ ।

नेपालगञ्जबाट प्यूठान जाँदै गरेको बा ४ ख २९७४ नम्बरको हाईस गाडीले मध्यान्ह १२ बजेतिर ठक्कर दिँदा चितुवाको घटना स्थलमै मृत्यु भएको हो ।

मरेको चितुवा र ठक्कर दिने गाडीलाई बाँके राष्ट्रिय निकुन्जको जिम्मा लगाईएको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरिक्षक भरत सिंह राठौरले जानकारी दिनु भयो ।