ओली र प्रचण्डबीच भेटवार्ता : राजनीतिक परिस्थितिका बारेमा छलफल

काठमाण्डौं,मंसिर,२९-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । निर्वाचनपछि ओली र प्रचण्डबीच पहिलो पटक औपचारिक भेटवार्ता भएको हो।

वाम गठबन्धनका शीर्ष नेता समेत रहेका ओली र प्रचण्डको काठमाडौँ जारी रहेको भेटवार्ताको स्थान भने खुलाइएको छैन।

चुनावी परिणामपछि भएको पहिलो भेटमा दुई पार्टी बीचको एकता, नयाँ सरकार गठन, समसामयिक राजनीतिक परिस्थिति राष्ट्रियसभासम्बन्धी अध्यादेश लगायतका विषयमा कुराकानी भैरहेको प्रचण्ड निकट एक स्रोतले बताएको छ।

निर्वाचन अगाडि गठबन्धन गरेर चुनावी अभियानमा गएका दुई दलबीचको एकता नै मुख्य एजेन्डा भएको स्रोतले जानकारी दिएको छ ।