राष्ट्रिय पत्रिका लोकप्रिय सन्देशले आज रक्तदान कार्यक्रम गर्दै

नेपालगन्ज,भाद्र,२०-
लोकप्रिय सन्देश राष्ट्रिय दैनिकले नेपालगन्जमा आज बृहत रक्तदान कार्यक्रम गर्दै छ । अाफनो छैटौं बार्षिक उत्सब पछि त्रैमासिक रुपमा रक्तदान कार्यक्रम यस पत्रिकाले गर्दै अाएको छ । यो दोस्रो पटक गर्न लागेको उक्त कार्यक्रमका संयोजक पत्रकार दिनेश ठाकुरले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम रक्त सञ्चारकेन्द्रको प्राविधिक सहयोग तथा बाके युनेस्को क्लब र हिमालयन साईकल स्टोरको सहकार्यमा मा बिहान ८ बजे देखि क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगन्जमा गरिने उहाँले बताउनुभयो । रक्तदान गरी बिरामीको अकालमा ज्यान जानबाट बचाउनु हुन सबैलाई अाग्रह पनि गरिएको छ ।