आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाइदै

काठमाडाैं,असाेज,१५-

विजयादशमीको दोस्रो दिन आज, पापकुंश एकादशीः आज पनि आफन्त र मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम चलिरहेको छ ।

विजया दशमीमा दिन हिजो टिका थाप्न जान नपाएका आफन्त तथा टाढा टाढा रहेका मान्यजनका घरमा टिका थाप्न जानेको चहलपहल पनि बढेको छ । एकादशी अर्थात एघारौँ तिथी र यो तिथीमा वर्त वस्ने, फलाहारहरुमात्र सेवन गर्ने अनि एकादशी महात्मयको कथा सुन्ने चलन छ ।

दशैको टीकाको भोलीपल्टपर्ने यो एकादशीको पनि आफ्नो विशेष महत्व छ । दुर्गा भवानीको अर्चना गरिएको नवरात्रिपछि पर्ने यो एकादशीको नाम अनुसार पाप गर्नेहरुलाई नाश गर्ने एकादशीकारुपमा प्रख्यात छ । टाढा टाढा घर भएका आफन्त, छोरीचेली अनि ढिलो आउने मान्छेहरुलाई आजवाट कोजाग्रत पूर्णिमासम्म दशैको टीका र जमरा लगाइदिने चलन रहेको छ ।

आजको दिनमा व्रत वसेर भक्ति अनुष्ठान गरेमा गंगा, गया, काशी या पुस्कर नदिस्नान भन्दापनि धेरै गुण धेरै फल पाइने उल्लेख छ । साथै आजको दिन सुन, तिल, जौ, अन्न, भूमी, छाता अनि जुत्ता दान गर्नाले मनुष्यलाई मृत्यूपर्यन्त स्वर्गलोक प्राप्त हुने जनविश्वास रहेको छ । आश्विन शुक्लपूर्णिमा दुर्गापक्षको अन्तिम दिन हो ।

यस दिन बाँकी रहेका व्यक्तिबाट टीकाप्रसाद ग्रहण गरी यसलाई पूर्ण गरिन्छ । टीकाटालोको क्रम सकिएपछि घटस्थापनाका दिन दशैंघरमा राखिएका सारा सामग्री अवशेष पानीपँधेरा तथा जलघाटमा लगेर सेलाइन्छ ।