आज २७ औं ज्येष्ठ नागरिक दिवस बिभिन्न कार्यक्रम गरी मनाइदै

ज्येष्ठ नागरिक राष्ट्रका अमूल्य सम्पत्ति हुन्ः राष्ट्रपति

काठमाडौं,असोज,१५-

२७ औं अन्तर्रा्ष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज बिभिन्न कार्यक्रम गरी मनाइदैँ छ । हरेक बर्षको अक्टोबर १ तारिखमा बिश्व ज्येष्ठ नागरिक दिवस मनाउने गरीन्छ ।

दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदैछन् । संयुक्त राष्ट्र सङ्घले १९९० डिसेम्बर १४ मा अक्टुबर १ लाई अन्तर्रा्िष्ट्रय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेको थियो । सन् २००७ देखि नेपालले पनि यो दिवस मनाउँदै आएको छ ।

दिवसका अवसरमा विभिन्न संघसंस्थाले पदयात्रा, ज्येष्ठ नागरिकलाई सम्मान, फलफूल वितरण, सरसफाइ र अन्तक्र्रिया लगायतका कार्यक्रम गर्दैछन् । २०६८ को जनगणना अनुसार नेपालमा २४ लाख ६९ हजार ६० वर्ष माथीका जेष्ठ नागरिकहरु रहेका छन् ।

वर्तमान संविधानमा मौलिक हकको रुपमा ज्येष्ठ नागरिकहरुलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भन्ने व्यवस्थासमेत गरिएको छ । तसर्थ, राज्यले सीमित स्रोतका बावजूद पनि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र विभिन्न सेवासुविधाहरु प्रदान गरिरहेको छ ।

ज्येष्ठ नागरिक राष्ट्रका अमूल्य सम्पत्ति हुन्ः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको अवसरमा शुभकामना दिनुहुँदै ज्येष्ठ नागरिकलाई मर्या्दित एवं सम्मानित गर्दै उहाँहरुको अनुभवको अनुकरण गर्न सबैसँग आह्वान गर्नुभएको छ ।

उहाँले सम्पूर्ण ज्येष्ठ नागरिकको सुख, शान्ति एवं सम्मानजनक जीवनयापनका लागि शुभकामना व्यक्त गर्नुभएको छ । “जीवनका अधिकांश समय क्रियाशील रही आफ्नो ज्ञान, सीप र अनुभवलाई समाजोपयोगी कार्यमा योगदान पु¥याउनुभएका ज्येष्ठ नागरिक निश्चय नै राष्ट्रका अमूल्य सम्पत्ति भएको बताउनुभएको छ ।

नेपालको संविधानले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको र सम्मानस्वरुप राज्यका तर्फबाट समाजिक सुरक्षा भत्ता एवं विभिन्न सेवा सुविधासमेत प्रदान गरिँदै आएकामा उहाँले सराहना पनि गर्नुभएको छ ।नेपालवाणीबाट