सबै १ सय ६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

काठमाडौं, मंसिर, २७-

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ वाम गठबन्धनले दुई तिहाई सिटमा जितेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सबै १ सय ६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा वाम गठबन्धनले दुई तिहाई सिटमा जित निकालेको हो ।

वाम गठबन्धनको प्रमुख घटक नेकपा एमालेले ८० स्थानमा जित हासिल गरेको छ । त्यसैगरी वाम गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रले ३६ स्थानमा जित हासिल गरेको छ । नेपाली कांग्रेसले २३ स्थानमा जित हात पार्दा राष्ट्रिय जनता पार्टीले ११ र संघीय समाजवादी फोरमले १० स्थानमा जितेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी र नेमकिपाका उम्मेदवार एक/एक स्थानमा विजयी हुँदा एक जना भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । घोषित अन्तिम परिणाममा सुनसरी क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका विजयकुमार गच्छदार विजयी भएका छन् ।