बृहत साहित्यक तथा सास्कृतिक कार्यक्रम बौनियामा हुने

 बिरेन्द्र शाह/

कैलाली,पौष,१२-

श्री रघुनाथ आर्दश बहुमुखी क्याम्पस घैला बौनिया

कैलालीको बौनीयामा बृहत साहित्यक तथा सास्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम श्री रघुनाथ आर्दश बहुमुखी क्याम्पस घैला बौनियामा हुन लागेको हो । सुदुरश्चिम साहित्यक समाज धनगढीको आयोजनमा कार्यक्रम यही पौष १५ र १६ गते हुनेछ । 

भाषा,साहित्यक,कला तथा संस्कृतिको संरक्षण गरौँ भन्ने मुल नाराका साथ कार्यक्रम हुन लागेको क्याम्पस स्रोतले बताएको छ । देश दर्शन अभियानको १४ औं श्रृखला अन्तरगत बृहत साहित्यक तथा सास्कृतिक कार्यक्रम हुन लागेको सुदुरश्चिम साहित्यक समाजले जनाएको छ ।

कार्यक्रम रघुनाथ आर्दश बहुमुखी क्याम्पसको प्राङ्गणमा हुने छ ।साहित्यक तथा सास्कृतिक कार्यक्रममा स्थानिय देखी राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने बताईएको छ । कार्यक्रममा सबैलाई उपस्थितिको लागी अनुरोध पनि गरीएको छ ।