अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवस मनाइँदै

काठमाडौं,चैत्र,८-शनिबार(आज) २१ मार्च अर्थात अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवस ।जातिय विभेद अन्त्यका लागि काम गर्ने विभिन्न संघसंस्थाले कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

काला र गोरा जातिको बीचमा हुने भेदभाव अनी दास प्रथा विरुद्धमा ५२ वर्षअघिबाट हरेक मार्च २१ मा यो दिवस मनाइन्छ ।

सन् १९६० मा दक्षिण अफ्रिकामा आजैका दिन जातीय विभेदविरुद्ध निकालिएको शान्तिपूर्ण र्‍यालीमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा ६९ जना अधिकारकर्मीहरु मारिएका थिए भने ३ सय भन्दा बढी घाइते भएका थिए ।

सोहि घटनाको स्मरण गर्दै सन् १९६६ मा संयुक्त राष्ट्र संघले सबै प्रकारका जातिय बिभेद उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित गर्‍यो ।

नेपालले सन् १९७१ मा उक्त सन्धीको अनुमोदन गरेपछि मार्च २१ को दिनलाई रङभेद दिवसको रुपमा मनाउँदै आएको छ ।