रामेछापमा बस दुर्घटना,नौ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं,आषाढ,२१-रामेछापमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ।

मंगलबार रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो।

रामेछापको सुनापती गाउँपालिका-५ र खाँडादेवी गाउँपालिका-१ को सिमानामा भएको बस दुर्घटनामा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी राजकुमार थिङले जानकारी दिनुभयो। 

हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको हो।दुर्घटनामा अन्य ४० जना घाइते भएका छन् । त्यसमध्ये २५ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।