जापानमा ह्याण्ड क्यास काम के हो ? जानीराखौ !!

ह्याण्ड क्यास काम नबुझी गर्दा भिषा बिग्रिएका धेरै छन् ।

फाईल तस्विर : डा. भूपाल मान श्रेष्ठ !!

टोकियो,जापान,आषाढ,२१-शैक्षीक अध्ययनका लागी पछिल्लो समय नेपाल देखि जापान आउने विद्यार्थीको संख्या उल्लेखिय मात्रामा बढेको छ।नेपाली विद्यार्थीको संख्या बढे संगै यहाँ विभिन्न किसिमका समस्या विद्यार्थीलाई देखा परेको छ । 

जापानमा विद्यार्थीको प्रमुख समस्या हो काम, यसै विषयमा आज हामीले जापानमा लामो समय देखि बसोबास गर्दै आउनु भएका डा. भूपाल मान श्रेष्ठ ज्यूले लेख्नु भएको आरुबाईतो अर्थात (ह्याण्ड क्यास सम्बन्धी समय सान्दर्भीक विशेष जानकारी मुलक कुरा हामीले उहाँको फेसबुकबाट जस्ताको त्यस्तै यहाँहरु समक्ष साभार गरि राखेका छौं ।आशा छ यो जानकारीमुलक लेखले धेरै हद सम्म यस्ता कुराबाट बिचलीत नयाँ तथा पुराना विद्यार्थी र डिपेन्डेन्टमा रहेकालाई सहयोग मिल्नेछ ।

✍🏻डा.भूपाल मान श्रेष्ठ

जापानमा ह्याण्ड क्यास काम भनेको के हो थाहा पाई राखौं ।।

आजकाल सामाजिक संजाल या ब्यक्तिगत रुपमा पनि ह्याण्ड क्यास (Hand Cash) काम अर्थात काम गरेको तलब बैंक खातामा नभई हातमै दिने कामको खोजी गर्नेहरुको संख्या अत्याधिक देखिन्छ ।बिशेष गरी बिद्यार्थी र डिपेन्डेन्ट भिसामा रही हप्ताको २८ घण्टा भन्दा बढि काम गर्न नमिल्ने ब्यक्तिहरुबाट यस खालको अनुरोध भएको पाइन्छ ।

जापानका अधिकांश कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई बैंक मार्फत नै तलब भुक्तानी गर्छन।तर कम्पनीको अनुकुलता तथा कर्मचारीको अनुकुलता हेरेर ह्याण्ड क्यास (Hand Cash) मा तलब दिने कम्पनीहरु पनि हुन्छन् ।

बिशेष गरेर आरुबाइतो वा पार्ट टाइम कर्मचारीको हकमा यस्तो गर्ने गरिन्छ।तर कम्पनीले कर्मचारीलाई भुक्तानी गरेको तलब उसको खर्चको शिर्षकमा कुनै न कुनै रुपमा चढाउने गरेको हुन्छ ।

यदि भएको खर्च पनि रेकर्ड नराख्ने र हिसाबमा नराख्ने हो भने उसको नाफा बढि देखिने हुन्छ र सो बापतको कर कम्पनीले सरकारलाई तिर्नु पर्ने हुन्छ ।

आम्दानी लुकाई कर छली गरेको घट्ना सुन्न पाइन्छ तर खर्च लुकाई कर बढि तिर्ने गरेको भन्ने सुन्न पाइन्न।अब कुरो आयो, के ह्याण्ड क्यास (Hand Cash) काम गर्दैमा तपाईले बुझेको तलब कतै पनि रेकर्ड राखिएको हुंदैन त ? त्यसो पक्कै होइन ।

कम्पनीले हरेक बर्षको अन्तमा, आफ्नो कम्पनीमा काम गर्ने कर्मचारीहरुलाई भुक्तानी गरेको तलबको बिवरण अर्थात (क्यूयो सिहाराई होकोकु स्यो 給与支払報告書) सम्बन्धित कर्मचारी अर्थात तपाईं बसेको सिटी अफ़िसमा बुझाउनु पर्ने कानुनी प्रावधान हुन्छ।

त्यसैले, तपाईंले तलब चाहे क्यासमा बुझ्नुस चाहे बैंकबाट बुझ्नुस, कम्पनीले सिटी अफिसमा बिवरण बुझाएको खण्डमा तपाईंको तलब आम्दानी र त्यस बापत लाग्ने कर सिटी अफिसले हिसाब गरी तपाईंलाई पठाउने गर्दछ।

ह्याण्ड क्यास (Hand Cash) मा काम गरेको थिए तर नोजेइ/खाजेइ स्योमेइस्योमा त सबै देखियो र ओभरवर्कको कारण देखाएर भिषा नै बिग्रियो” भन्ने ब्यक्तिहरु पनि धेरै नै हुनुहुन्छ।

त्यसैले तपाईंले तलब क्यासमा लिने वा बैंकमा लिने भन्दा पनि तपाईंको कम्पनीले तलबको बिवरण सिटी अफिसमा पठाँउछ कि पठाँउदैन भन्ने महत्वपूर्ण कुरा हुने हुनाले ह्याण्ड क्यासमा काम गर्नु अघि उक्त कुराको निधो गर्नु आवश्यक हुन्छ जस्तो लाग्छ ।

यदि, कम्पनीले कतै पनि रेकर्ड नराखी तपाईंको तलब खर्च भुक्तानी गरेको छ भने उक्त कम्पनीले सोही अनुपातमा आफ्नो आम्दानी पनि लुकाएको हुन सक्छ ।

जुन कुरा एक न एक दिन कर कार्यालयको चेकिंगमा पत्ता लाग्ने सम्भावना हुन्छ र त्यस बखतमा तपाईंलाई पनि अप्ठ्यारो पर्न सक्छ।त्यसैले,यदि तपाईं ह्याण्ड क्यास (Hand Cash) मा तलब बुझ्दै हुनुहुन्छ भने पहिले कम्पनीसंग निधो गर्नुस कि, तपाईंको तलब बिवरण सिटी अफिसमा जान्छ कि जांदैन ?

(नोट: यो मेरो ब्यक्तिगत तथा जेइरिसीहरुसंग लिईएको जानकारी र अनुभवको आधारमा लेखिएका कुराहरु हुन, जसले गर्दा अन्जानमा दु:ख पाउने नेपालीहरु १-२ जना भएपनि कम होस भन्ने उद्देश्य सबैले लिएर यस्ता नयाँ तथा पुराना नजानेका विद्यार्थी सामु जानकारी दिनुहोला।। धन्यवाद ।)