तेस्रो दशैं फुटसल प्रतीयोगीता आज : बिहानी एफ सी को पनी सहभागीता

फुकुओका,जापान,असोज,२०-

BIHANI FC

जापानको फुकुओकामा आज फुटसल प्रतीयोगीता हुन लागेको छ । ओहासी ग्रुपको आयोजनामा तेस्रो दशैं कप फुटसल प्रतीयोगीता २०१८ हुन लागेको हो  ।

प्रतियोगिता  फुकुओका सी हाकता कु इसोदाको पेनास्ता हाकता खेल मैदानमा हुनेछ । उक्त प्रतियोगितामा २० टोलीले सहभागिता जनाउदै छन् । खेल बिहान १० बजेबाट सुरु हुने भनीए पनी बिहानै बाट परेको हावाहुरी र पानी (ताईफु) का कारण खेल केहि समय ढिला भएपनी हुने आयोजकले बताएको छ । 

BIHANI FC

यसैबिच : आजको प्रतीयोगीतामा बिहानी एफ सी ले पनी सहभागीता जनाउन लागेको छ । यस बिहानी एफ सीले  प्रवासमा रहेर बसेका तर खेलकुदको क्षेत्रमा पछि परेकाहरुलाई टिममा सहभागीता गराउदै उत्कृष्ट ढंगले रक्षात्मक तरिकाले नयाँ रणनीतीका साथ खेल प्रर्दशन गर्ने मनशाय बोकेर आज खेल मैदानमा उत्रदैछ । यो टिम बिहानी अनलाईन मार्फत मनोरन्जनात्मक र सधैं स्वास्थ्यलाई स्वस्थ राख्नका लागी संचालनमा ल्याईएको  हो । 

बिहानी एफ सि बाट सहभागीहुने खेलाडीहरुको नामावली

१. दुर्लभ सारु मगर

२. प्रमोद श्रेष्ठ

३. कलम घिसिङ

४. राज

५. प्रभु गुरुङ

६. उज्वल क्षेत्री

७. रमेश जि.सी 

८. विजय गुरुङ

९. मनीश पटुवार

१०. प्रकाश श्रेष्ठ

खेलमा सहभागी हुदै छन् । यस्तै : प्रतियोगिताको विजेताले ३ लाख २० हजार सहित खसी र , दोस्रो हुनेले १ लाख ५० हजार जापानिज येन प्राप्त गर्नेछन् ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकता र फेयर प्ले टोलीलाई पनि पुरस्कृत गरिने बताइएको छ । 

BIHANI FC