उपेन्द्र यादव दोब्बर मतान्तरले विजयी

काठमाण्डौं,मंसिर,२३-

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव माओवादी केन्द्रका उमेश यादवलाई सप्तरी–२ मा पराजित गर्दै प्रतिनिधि सभामा विजयी हुनुभएको छ ।

विजेता यादवले२१ हजार ६ सय २० मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादवले ११ हजार ५ सय ८४ मत पाउनु भएको हो ।

फोरम अध्यक्ष यादवलाई मधेशी गठबन्धनको राजपाले र नेपाली कांग्रेसले समर्थन गरेको थियो।