बाँके क्षेत्र नं. २ (ख) बाट काँग्रेस नेता हमाल विजयी

बाँके,मंसिर,२३-

बाँके क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्र हमाल विजयी हुनु भएको छ । भर्खरै सम्पन्न मतगणना अनुसार हमालले ९२११ मत ल्याएर विजयी हुनु भएको हो ।

उहाँका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका दुर्गेश गुप्ताले ८४३२ मत ल्याउनु भएको थियो । हमाल ७७९ मत अन्तरसहित विजयी हुनुभएको हो ।