राजतन्त्र कुनै पनि हालतमा फर्कन नसक्ने :अर्थमन्त्री महरा

सिन्धुली ,पौष ८-उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राजनीतिक दलहरुबीच केही असमझदारी देखिए पनि मुलुकमा राजतन्त्र कुनै पनि हालतमा फर्कन नसक्ने बताउनु भएको छ ।सिन्धुली महोत्सवको उद्घाटन गर्दै मन्त्री महराले पछिल्लो समयमा राजनीतिक दलहरुका कारण संविधान कार्यान्वयन, संशोधन र स्थानीय निकायको निर्वाचनमा व्यवधान उत्पन्न भए पनि त्यसलाई सरकारले मिलाउने प्रयास गरिरहेको बताउनुभयो ।

उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको वक्तव्यप्रति लक्षित गर्दैै त्यस्ता गतिविधिमा सरिक नहुन सर्वसाधारणलाई अपील गर्नुभयो ।सिन्धुली उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति सिन्धुली र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन भएको सिन्धुली महोत्सव पुस १८ गतेसम्म चल्नेछ ।