आफूमाथि हातपात गर्नेलाई कारबाही नगरी छोडिदिन कार्कीको आग्रह

काठमाण्डौं ,पौष ८-अख्तियार दुरुपयोग अनुसन्धानका आयोगका निलम्बित प्रमुख आयुक्त लोमकानसिंह कार्कीले बिहीबार सर्वोच्च अदालतमा आफूमाथि हातपात गर्नेलाई कारबाही नगरी छोडिदिन आग्रह गरेका छन् । निलम्बित प्रमुख आयुक्त कार्कीले आफूमाथि भएको आक्रमण केही महिनादेखि आफूविरुद्ध चल्दै आएको षड्यन्त्रको कडी भएको भन्दै उनीहरु कसैले चालेको गोटीमात्रै भएकाले कारबाही नगरी छोडिन आग्रह गरेका हुन् । प्रहरी नियन्त्रणमा लिएका दुई जना प्रकाश शाही र चन्द्रबहादुर बुढा अवोध कारिन्दा भएको र त्यसको पछाडि अरुकै हात रहको लोकमानले विज्ञप्तीमार्फत जनाएका छन् । बिहीबार सर्वोच्च अदालतको पेशी कक्षमा जाँदै गरेका कार्कीलाई पछाडिबाट गएका दुईजनाले कालोमोसो दलेका थिए ।
यस्तै
अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको योग्यताबारे पुनरावलोकनको आदेश भएको मुद्धामा आज कार्की पक्षका वकिलले बहश गर्ने भएका छन् ।कार्कीको नियुक्तीलाई सदर गर्ने अघिल्लो निर्णयमा कानुनी त्रुटि रहेको औल्याउँदै सर्वोच्चले गत भदौं ३१ मा पुनरावलोकन गर्ने आदेश दिएको थियो । हिजोबाट सुरु भएको बहशमा पुनरावलोकन निवेदनकर्ता अधिवक्ता ओमप्रकाश अर्याल तथा उहाँका कानुन सहन्यायाधिवक्ता किरण पौडेलले बहस गर्नुभएको थियो ।

आज उहाँका कानुन व्यवसायी वरिष्ठ अधिवक्ताहरु महादेव यादव र बालकृष्ण न्यौपाने लगाएतकाले बहश गर्नुहुने छ । गत मंसिर १६ गते मुद्धाको पेसी तोकिएकामा कार्की पक्षका वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले विरामी भएको कारण देखाइ पेसी स्थगित गर्न निवेदन दिनुभएको थियो । कार्कीको योग्यताको सन्दर्भमा सर्वोच्चता दूवैतर्फका कानुन व्यवसायीहरुले मुख्यत तीन विवादमा आफ्नो बहस केन्द्रित गर्ने देखिएको छ ।कार्कीको २० वर्षे अनुभवसँग जोडिएको योग्यता, उहाँमाथि तत्कालीन अवस्थामा चलिरहेको प्रशासनिक कारवाही र उच्च नैतिक चरित्रसम्बन्धी योग्यताका विषयमा पक्ष र विपक्षमा बहस हुनेछ ।