एउटै विद्यालयमा दुई प्रधानाध्यापक

पर्वत,फागुन,२८-

शिक्षा नियमावलीअनुसार एउटा विद्यालयमा एकजना मात्र प्रधानाध्यापक रहनुपर्ने व्यवस्था भए पनि जिल्लाको एउटा विद्यालयमा भने एक वर्षदेखि दुईजना प्रधानाध्यापक रहँदै आएका छन् ।

कुश्मा नगरपालिका– ११ स्थित वीरेन्द्र माविमा सरकारी निकाय र विद्यालय व्यवस्थापन समितिले बनाएका दुईजना छुट्टाछुट्टै प्रधानाध्यापक रहँदै आएका छन् । एक वर्षअघि विद्यालयका प्रधानाध्यापक देवराज पौडेल कालिका मावि खुरकोटमा सरुवा भएर जाँदा ज्येष्ठताका आधारमा गणेशराज पौडेललाई निमित्त प्रअ दिएर गएका थिए ।

विद्यालय व्यवस्थापन समितिले भने पौडेललाई प्रअ बनाइ काम गराउन नसकिने भन्दै हीराबहादुर क्षेत्रीलाई बनाउनुपर्ने अडान लिएपछि विवाद चुलिँदै गएको हो । पौडेल माध्यमिक तह तृतीय श्रेणीका स्थायी शिक्षक हुनुहुन्छ भने क्षेत्री निम्न माध्यमिक तह द्वितीय श्रेणीका शिक्षक हुन् । आजको हिमालय टाइम्समा खबर छ ।