पिएसजी संग २-१ गोलले खावासाकी पराजीत

पिएसजीले दोस्रो खेल जुलाई २३ तारिख रेड डाईमण्ड क्लव संग खेल्ने

फाईल तस्विर !!

टोकियो,जापान,साउन,४-पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले खावासाकी माथी २-१ गोलको सहज जित निकालेको छ । 

जापान भ्रमणमा आएको पिएसजीले आज बुधबार टोकियो स्थित खावासीकी रंगशालामा भएको प्रि-सिजनको खेलमा खावासाकी फोर्टल टिमलाई २-१ गोल अन्तरले जितेको हो । 

पिएसजीका लागि मेस्सीले ३२ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता   दिलाएका थिए । दोस्रो हाफको ५८ औं मिनेटमा पिएसजीका अर्नाउड कालिमुएन्डोले थप एक गोल गर्दै टिमलाई २-० को स्थितीमा पुर्याएका थिए । 

यता खावासाकी फोर्टलका लागि यामामुराले ८४ औं मिनेटमा गोल गर्दै टिमलाई २-१ को स्थीतीमा ल्याएका थिए । त्यसपछि खेल झनै प्रतीस्पर्धामा भएको थियो। निर्धारित समय सम्म दुवै टिमले थुप्रै अवसर गुमाएका थिए ।

अब पिएसजीले प्रि-सिजनको आफ्नो दोस्रो खेल जुलाई २३ तारिख शनिवारका दिन जापानको साईतामा स्थित उरावा रंगशालामा रेड डाईमण्ड क्लव संग खेल्नेछ ।