आजको राशिफल ।। साउन ५ गते बिहिवार ।।

काठमाडौं,साउन,५-आज विक्रम संवत २०७९ साल साउन महिनाको ५ गते बिहिवार, (जुलाई २१ तारिख) कृष्ण अष्टमी तिथि !!

आज साउन ५ गते विहिबारको राशीफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।परिवारजनको साथले नयाँ आशा पलाउनेछ।ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ।व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ।कार्य सम्पादनमा समस्या आउला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ।सभासमारोहमा सरिक हुने सम्भावना छ। जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पनि पुग्नेछ।लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ।बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन नियमित खर्चसमेत बढ्ने योग छ, सचेत रहनु होला।आफूलाई कमजोर भएको अनुभूति हुनेछ।आफन्तसँग मनमुटाव बढ्नसक्छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन रोकिएका काम पुनः सुरु हुन सक्छन्।परिवारका सदस्यहरूसित भेटघाट हुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि रहेको छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन सबैले तपाईंको काममा कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन्।पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण पनि बन्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ।चिताएको कामले तीव्रता लिनेछ।शुभ चिन्तकबाट साथ, सहयोग र सम्मान पाइनेछ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ।मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ।स्वास्थ्यले साथ नदिन पनि सक्छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ।सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मिन राशि हुनेहरुका लागि आजको दिन लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल