नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४३ पुग्यो

काठमाडौं,बैशाख,३१-नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ।बुधबार नयाँ थपिएका संक्रमितमा २४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सहित बुधबार २६ जना नयाँ संक्रमित फेला परेका हुन् । नयाँ थपिएकाहरुमा १२ जना रुपन्देहीका छन् । जसमा ९ पुरुष र ३ जना महिला छन् ।

यसैगरी कपिलवस्तुका ८ जना पुरुष, पर्साका दुई पुरुष र एक महिला, नवलपरासीका एक पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् । यसअघि दिउँसो दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।