
टोकियो,असोज,९-नेपाल मगर संघ जापान केन्द्रीय समितिले ऐतिहासिक साधारण सभा तथा तेस्रो पूर्ण बैठक आयोजना गर्ने भएको छ।
नेपाल मगर संघ जापानले आफ्नो संगठनात्मक गतिविधि, आगामी कार्ययोजना तथा समुदायसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्ने उद्देश्यले साधारण सभा तथा पूर्ण बैठक आयोजना गर्न लागेको हो।
संघका अनुसार कार्यक्रम २०२६ अक्टोबर ११ गते आइतबार जापानको शिजुओकामा आयोजना हुनेछ।कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ।
कार्यक्रम शिजुओका स्थित Asian Dining Curry Nan House, Shizuoka मा आयोजना हुने नेपाल मगर संघ केन्द्रिय समिति जापानले जनाएको छ।
नेपाल मगर संघ जापानले मगर समुदायको भाषा, धर्म, संस्कार, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्दै आएको छ।
उक्त साधारण सभा तथा पूर्ण बैठकमार्फत संघको आगामी गतिविधि र योजनाबारे महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।
कार्यक्रम हुने स्थान र मिति र समय तालिका
मिति : २०२६ अक्टोबर ११, आइतबार
समय : बिहान ११:०० देखि साँझ ५:०० बजेसम्म
स्थान : Asian Dining Curry Nan House, Shizuoka




