बाबुराम भट्टराईले देउवालाई भेटेर भनेः हामीले दलीय चुनाव चिन्ह किन नपाउने

काठमाडौं, चैत २३-
दलीय आधारमा निर्वाचन चिन्ह पाउनुपर्ने माग गर्दै नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्नु भएको छ । भट्टराईसँगै अन्य साना दलका प्रतिनिधिहरुले पनि देउवालाई भेटनु भएको हो ।

भेटमा देउवाले अध्यादेश जारी गरेर भए पनि दलीय आधारमा चुनाव चिन्हका लागि आफुले पहल गर्ने बताएको नयाँ शक्तिले जनाएको छ।यसअघि नयाँ शक्तिसहितका साना दलहरुले दलीय आधारमै निर्वाचन लड्न पाउनुपर्ने भन्दै देशव्यापी धर्ना र विरोध कार्यक्रम गरेका थिए।

राजधानीमा भएको धर्ना कार्यक्रममा नेता भट्टराई लगायतलाई सरकारले पक्राउ गरेर एक दिन प्रहरी हिरासतमा समेत राखेको थियो।निर्वाचनसम्बन्धी कानुनमा नयाँ दललाई दलीय चुनाव चिन्हमा देशभरि चुनाव लड्न नपाउने व्यवस्था भएपछि नयाँ शक्ति लगायतका नयाँ र साना दलले विरोध गर्दै आएका थिए।साभार नेपाल खबरबाट