नेसनल टेड्रिङ खारेज हुने

काठमाडौं, माघ,१५-

सरकारले नेसनल ट्रेडिङ लिमिटेडलाई खारेज गर्ने भएको छ । घाटा चुलिएर सञ्चालन नै गर्न नसकिने अवस्थामा पुगेको संस्थानले जग्गा बिक्री गरेर कर्मचारीलाई स्वैच्छिक अवकाश दिएको थियो ।

खारेज गर्नका लागि अर्थ मन्त्रालयको निजीकरण समितिले आइतबार आपूर्ति मन्त्रालयमा सिफारिस गरेको हो । समितिले पुस २४ गते निर्णय गरे पनि आपूर्तिले पत्र आइतबार प्राप्त गरेको हो ।

‘कर्मचारीको अवकाशपश्चात् नेसनललाई कुन मोडालिटीमा लैजाने टुंगो भएन । टुंगो नलागेपश्चात् निजीकरण समितिले खारेज गर्ने निर्णय गरेको छ,’ आपूर्ति सचिव अनीलकुमार ठाकुरले भने । आजको कान्तिपुरमा खबर छ ।