क्षेत्र नं.३को चुनावी बैठक सम्पन्न

राप्रपा जनसेनामा समर्पित हुने प्रतिबद्धता

भानुभक्त बस्नेत
घोराही,जेठ,३१
राप्रपाको क्षेत्र नं.३को चुनावी बैठक सम्पन्न भएको छ । क्षेत्र नं.३का अध्यक्ष नरबहादुर बुढाथोकीको अध्यक्षतामा बैठक भएको हो ।

बैठकमा आफ्ना मुद्धाहरु कसरी जनता समक्ष ल्याउने भन्ने विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो ।

बैठकमा महँगो चुनावी खर्चलाई कसरी सरलीकृत गर्ने,राप्रपा जनसेनामा समर्पित हुने प्रतिबद्धता समेत व्यक्त गरीएको हो ।

बैठकमा घोराही उममहानगरपालिका मेयर उम्मेद्धार भोलानाथ योगीले घोराही नगरलाई नमुना शहर बनाउने,धर्म सस्कृतिको संरक्षण गर्नेको लागी आफु मेयरमा उम्मेद्धारी दिएको बताउनुभएको थियो ।

बैठकमा केन्द्रिय सदस्य मिना स्वर्णकार ,जिल्ला अध्यक्ष क्षेत्र बहादुर बस्नेत,घोराही उममहानगरपालिका उममेयरका उम्मेद्धार प्याउली केसी लगायतको उपस्थिती रहेको थियो ।