७ नम्वर प्रदेशमा छ महिला उम्मेद्वार

इन्द्र कार्की/

महेन्द्रनगर,कार्तिक,१६- 

अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रदेश नम्वर् ७ मा प्रमुख दलहरुले छ जना महिलाहरुलाई उम्मेद्वार बनाएका छन् । ७ नम्वर प्रदेशमा प्रतिनिधि सभाका लागि १६ र प्रदेश सभाका लागि ३२ सिट गरी ४८ सिट रहेकोमा दलहरुले छ जना महिला उम्मेद्वार को नाम टुंगो लगाएका हुन् ।

तथापी दलहरुले सवै क्षेत्रको उम्मेद्वार छनोट गरि सकेका छैनन् । प्रत्यक्षतर्फ धेरै महिला आकांक्षी भएपनि कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले प्रतिनिधि सभा तीन र प्रदेश सभाको निर्वाचनमा तीन गरी छ जना महिला उम्मेद्वारको नाम टुंगो लगाएका छन् ।

प्रतिनिधि सभाका लागि काँग्रेस कैलाली क्षेत्र नम्वर ५ मा डा.आरजु राणा, क्षेत्र नम्वर १ मा नेकपा एमालेका केन्द्रिय सदस्य मदनकुमारी शाह (गरिमा) र कञ्चनपुरको क्षेत्र नम्वर १ मा माओवादी केन्द्रले बिना मगरलाई मात्रै उम्मेदवार बनाएका छन् ।

त्यसैगरी प्रदेश सभा तर्फ दलहरुले अहिले सम्म तीन जना महिला उम्मेद्वार वनाएका छन् । नेकपा एमाले ले कञ्चनपुरको क्षेत्र नम्वर १ को (क) क्षेत्रमा मर्यादा विष्ट, कांग्रेसले बझाङ्ग (क) क्षेत्रमा चन्द्रादेवि जोशी र बझाङ्ग (ख) क्षेत्रमा माओवादी केन्द्रले देवकी मल्ललाई उम्मेद्वार वनाएको छ । ७ नम्वर प्रदेशमा धेरै महिला प्रत्यक्ष तर्फ आकांक्षी भए पनि सिफारिसमा समेत नपरेको महिला नेतृहरुले गुनासो गरेका छन् ।