आजबाट बर्दगोरीयामा जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगिता शुरु

उदघाटन खेलमा आयोजक जगततारा विजयी

पवन मुडभरी/

कैलाली,कार्तिक,१५-

कैलालीको बर्दगोरीया गाउपालिकामा जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगिता शुरु भएको छ । मंसीर ०२ गते सम्म सञ्चालन हुने प्रतियोगिताको आज बर्दगोरीया गाउपालिका उपप्रमुख भगवति डगौरा थारुले एक कार्यकक्रमका विच उद्घाटन गर्नु भएको हो ।

जगततारा ईङलीस बोर्डीङ स्कूल सडकपुर बौनियाको आयोजनामा मुडा खेलमैदानमा आज शुरु भएको प्रतियोगिताको पहिलो खेल आयोजक जेटी र सर्वोदय मावि गप्का विच भएको खेलमा आयोजक जगततारा ईङलीस बोर्डीङ स्कूल सडकपुर बौनिया विजयी भएको छ ।

टस हारेर पहिले व्याटिङ्गमा उत्रेको सर्वोदय मावि गप्काले १२.३ ओभरमा सबै विकेट गुमाउदै ४८ रन जोड्न सफल भयो । सर्वोदयलाई ४८ रनमा समेट्ने क्रममा जगतताराका रविन्द्र राउतले २ विकेट, विजय चौधरीले ३ विकेट, कप्तान बृजेश ढुगाांनाले ३ विकेट लिएका थिए ।

४९ रनको सामान्य लक्ष्य लिएर मैदानमा उत्रेको आयोजक जगतताराले ७ दशमलब २ ओभर खेल्दै विना विकेटमा ४९ रन बनायो । जसमा रविन्द्रले २६ रन नरेन्द्र साउदले १० रन बनाए । २ विकेट र २५ रन लिदै रविन्द्र म्यान अफ दि म्याच घोषित भए । प्रतियोगितामा कैलाली जिल्लाका २० वटा निजी तथा सामुदायिक विद्यालयको सहभागीता रहेको खेल संयोजक एकेन्द्र मल्ले बताए ।

दश हजार पुरस्कार राशिबाट सुरु भएको प्रतियोगितामा यस बर्षको पुरस्कार राशि ४१ ह्जार १ सय ११ रुपया ट्रफी, मेडल र प्रमाणपत्र ,द्धितिय हुनेलाई १७ हजार १ सय ११ रुपया ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरीने छ । साथै प्रतियोगिता भरीनै उत्कृष्ट खेलाडी ,उत्कृष्ट व्याट्सम्यान उत्कृष्ट बलर , लाइ नगद ट्रफी,र प्रमाणपत्र प्रदान गरिने छ ।