बाँकेका युवाहरुलाई जीवन उपयोगी सीप प्रदान

नेपालगंज,फागुन,१२-

बाँकेको बिभिन्न क्षेत्रका युवाहरुलाई नेपालगञ्जमा जीवन उपयोगी सीप प्रदान गरिएको छ । बिभिन्न वडाका युवाहरुलाई सहभागि गराई नेपालगञ्जमा चार दिने तालिममार्फत जीवन उपयोगी सिप प्रदान गरिएको हो ।

सेफ द चिल्ड्रेनको सहयोगमा सामाजिक बिकास मञ्च (एसडिएफ) बाँकेले युवा शशक्तिकरण बुलगारी परियोजना अन्र्तगत गरिएको कार्यक्रम बेरोजगारी समस्या समाधान गर्न तथा खाली बसेका युवाहरुलाई उद्यम गर्ने क्षमता दिन महत्वपूर्ण भएको सहभागि कृष्ण ठकुरीले धारणा राख्नुभएको छ ।

आइतबार समापन कार्यक्रममा बोल्दै उहाँले यस तालिमले आफ्नो बानीमा धेरै सुधार भएको बताउनुभयो । उहाँले युवाहरुमा सकारात्मक शन्देश तथा उर्जा प्रदान गर्न तालिम सहयोगी भएको समेत बताउनुभयो ।

उद्यम गर्ने वातावरण निर्माण गर्न तथा युवाहरुमा भएको सीप अनुसारको उद्यममा लाग्न प्रोत्साहन गर्न एसडिएफले यस प्रकारको सीपमुलक तालिमहरु संचालन गर्दै आएको छ । समापनमै बोल्दै महिला सहभागि नुरजहाँले तालिमले उद्यम गर्न सहज बनाएको बताउनुभयो ।

उहाँले उद्यमको शुरुवात गर्न चाहिने सबै कुरा यस तालिमले सिकाएको हुँदा अन्य युवाहरुलाई पनि यस्ता कार्यक्रममा सहभागि गराउनुपर्ने धारणा राख्नुभयो । नेपालगञ्ज उपमहानगरपालिकाको बिभिन्न वडाका युवाहरुको सहभागिता रहेको कार्यक्रममा बोल्दै एसडिएफका अध्यक्ष बिष्णु प्रसाद ढकालले सीप भए जीवनमा जहाँ पनि बाँच्न सकिने बताउनुभयो ।

युवा अवस्थामा सीपको आवश्यकता हुने भएको हुँदा जीवन सफल बनाउन यसैले निर्धारण गर्ने बताउनुभयो ।

एसडिएफका बरिष्ठ सल्लाहकार घनश्याम उपाध्यायले समय परिवर्तनशील भएको हुँदा आफै सक्रिय हुनुपर्ने बताउँदै निरन्तरताले मानिसलाई सफलताको उचाईमा पु¥याउने बताउनुभयो । तालिमलाई सहजराम यादव लगायतले सहजीकरण गर्नुभएको बिकास सुपरिवेक्षक बृजेश ठाकुरले जानकारी दिनुभयो ।