बुद्दिमानका लागि सुप्रनाले बुझाइन संकलित रकम

नेपालगन्ज,फाल्गुन,१२-
कामको सिलसिलामा भारतको सिम्लामा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ८ का बुद्धिमान कुँवरका लागि आइतबार थप आर्थिक सहयोग प्राप्त भएको छ।

विभिन्न देशहरुमा रहेका नेपालीहरु संग पहल गरि संकलन गरेको रकम महेन्द्र बहुमुखी क्याम्पसमा अध्यनरत छात्रा तथा बुद्धिमान सहयोग अभियानकी अभियानकर्ता सुप्रना मल्ले आइतबार पत्रकार तथा बुद्धिमान सहयोग अभियानका नेपालगन्जका संयोजक खगेन्द्र दाहाललाई हस्तान्तरण गरेकी हुन।

बुद्धिमान यति बेला उपचारका लागि काठमाडौ रहेको र सहयोग अभियान मार्फत संकलित रकम छिट्टै उनलाई हस्तान्तरण गर्ने अभियानका नेपालगन्ज संयोजक खगेन्द्र दाहालले जानकारी दिए।