स्थानीय तहमा ८० हजार कर्मचारी आवश्यक

काठमाडौँ, चैत १५-

स्थानीय तहमा कर्मचारी भर्ना स्थानीय सेवा आयोगले गर्ने भएको छ ।  अहिले स्थानीय तहमा निजामती र साबिक स्थानीय निकायका कर्मचारी रहँदा वरिष्ठ र कनिष्ठको द्वन्द्व छ ।स्थानीय सेवा आयोग गठन भएपछि ७४४ वटै स्थानीय तहमा कर्मचारी भर्नाका सबै प्रक्रिया स्थानीय सेवा आयोगले गर्नेछ ।

सङ्घ र प्रदेशमा भने लोकसेवा अयोगले कर्मचारी भर्ना गर्ने छ ।सरकारले ७४४ स्थानीय तह सञ्चालनका लागि स्थानीय शासन ऐनको मस्यौदा तयारी गरेको छ ।  मस्यौदामा स्थानीय तहमा आवश्यक कर्मचारी व्यवस्थापनका सबै काम स्थानीय सेवा आयोगले गर्ने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार साबिक स्थानीय निकायमा स्थानीय निकाय आफैले पदपूर्ति समिति निर्माण गरी कर्मचारी भर्ना गर्दै आएका थिए ।सेवा आयोग गठन भएपछि भने स्थानीय तहमा कर्मचारी भर्ना गर्दा लोकसेवा आयोगको जस्तै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

७४४ स्थानीय तह ९महानगरपालिका, उपमहानगरपालिका नगरपालिका र गाउँपालिका० मा संविधानको अनुसूची ८ मा उल्लेख भएअनुसार कर्मचारी व्यवस्थापन गर्दा करिब एक लाख कर्मचारी चाहिने स्थानीय निकाय कर्मचारी सङ्घ नेपालका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।अहिले साबिक स्थानीय निकायमा १७ हजार सात सय मात्रै कर्मचारी छन् ।  स्थानीय निकाय पूर्ण रूपमा सञ्चालन गर्न अझै ८० हजारभन्दा बढी कर्मचारी चाहिन्छ ।  आजको गोरखापत्रमा खबर छ ।