किसानको रोजाइमा आधुनिक मकै छर्ने `सिडड्रील´ मेसिन

नेपालगन्ज,फाल्गुन,१२-
बाँके डुडुवा गाउपालिका ६ मा मकै छर्ने आधुनिक मेसिन ‘सिडड्रील’ को प्रदर्शनि गरीएको छ ।

आइतबार डुडुवामा मकै खेतिमा यान्त्रीकरण सम्बन्धि प्रदर्शनी तथा जनचेतना अभियान अन्तरर्गत सिमिट इम्टरनेशनल सिसा परियोजनाले उक्त आधुनिक मेसिनको प्रदर्शनि गरेको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यनयन इकाई मकै जोनको आयोजना र सिमिट इन्टरनेशनल सिसा परियोजनाको सह सहकार्यमा गरिएको प्रदर्शनिमा मेसिनबाट मकै छरेर प्रत्यक्ष किसानलाई देखाइएको थियो ।

किसानहरुले उक्त मेसिनलाई मन पराएको मकै जोनका प्रमुख देवेश कुमार मिश्रले जानकारी दिए । मकै जोनका प्रमुख मिश्रले मकै खेतिको व्यवसायिकरण गर्नको लागि यान्त्रीकरण अति आवश्यक भएको र यान्त्रीकरण विना अगाडि बढ्न सम्भव नभएकाले सिसा परियोजना संग समन्वय गरेर परियोजना क्षेत्रभित्र आधुनिक मेसिनको प्रयोग गरिएको हो बताए ।

मिश्रले खेती खर्छ न्यूनीकरण गर्न उक्त आधुनिक मेसिनले सहयोग पु¥याउने उद्देश्यले नै धित्राइएको बताए । मेसिनले मल र बीउ एकसाथ प्रयोग गर्न सकिने, बिउँको दुरि मिलाउनुको साथै समयको पनि बचत हुने सिमिट इम्टरनेशनल सिसा परियोजनाका बाँकेका क्षेत्रीय संयोजक शालिन आचायले जनाए ।

प्रदर्शनी कार्यक्रममा प्रर्दशनका क्रममा मेसिन हेर्ने किसानहरुको घुइँचो लागेको थियो । सिसा परियोजनाका क्षेत्रीय संयोजक आचार्यका अनुसार यो मेसिनको प्रयोगले १ बिगाहा क्षेत्रफलमा मकै खेती गर्दा अन्य मेसिनको तुलनामा ६/७ गुणा सस्तो, ६०प्रतिशत देखि ७०प्रतिशत सम्म समय अनि पैसाको बचत, कामदारको समस्या समाधान हुनुको साथै मल र बिउँको सदुपयोग हुन्छ ।

प्रदर्शनी अभियानमा डुडुवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मोहनराम मिश्र, किसान तथा पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।